Section 32
दण्ड सजाय
(१) जग्गावाला वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिलेः–
(क) यो परिच्छेद बमोजिम अदालत वा गाउँपालिका वा नगरपालिकाको आदेश नभई अरू कुनै किसिमले मोहीलाई निजको भोग चलनको जग्गाबाट जवर्जस्ती झिकेमा वा निष्काशन गरेमा, वा
(ख) जालसाजी गरी वा धोखा दिई वा अरू किसिमबाट बेइमानी गरी मोहीलाई निजको भोग चलनको जग्गाबाट हटाएमा त्यस्तो गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु. दश हजारसम्म जरिवाना … … … हुनेछ ।
(२) अदालतले जग्गावालालाई उपदफा (१) अन्तर्गत कसूरदार ठहराएमा जग्गावालाको नाउँमा देहायको निर्देश समेत जारी गर्नुपर्छः–
(क) मोहीलाई सो जग्गामा फेरी भोग चलन दिनु भनी, र
(ख) जग्गावालाले गैर कानुनी तरीकाबाट मोहीलाई झिके वा निष्काशन गरे वापत निज मोहीको सो जग्गामा भोग चलन कायम गरेको अवस्थामा खान पाउने मोहीबोटी बमोजिम हर्जाना दिनु भनी ।
(३) कसैले दफा २६ को उपदफा (५), (७) वा (८) मा लेखिएको कुनै कुरा उल्लङ्घन गरेमा निजलाई तोकिएको अधिकारीको आदेशले रु. पाँच हजारसम्म जरिवाना हुनेछ र सो उपदफा (५) उल्लङ्घन गर्ने मोहीबाट अदालतले मनासिव देखेको क्षतिपूर्ति समेत जग्गावालालाई भराउन सक्नेछ ।
(४) कसैले दफा ३० अन्तर्गत लगत तयार गर्ने काम कारवाईमा बाधा, विरोध गरेमा वा यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेश बमोजिम पालन गर्नुपर्ने कुनै कर्तव्यको पालन नगरेमा निजलाई तोकिएको अधिकारीको आदेशले रु. दश हजारदेखि पच्चीस हजारसम्म जरिवाना … … … हुनेछ ।
(५) दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख) र (ग) बमोजिम सूचना नदिने जग्गावालालाई पाँच हजारदेखि पच्चीस हजारसम्म तथा दफा २६क. को उल्लङ्घन गर्ने मोहीलाई रु. तीन हजारसम्म जरिवाना तोकिएको अधिकारीले गर्न सक्नेछ र सो खरीद बिक्री स्वतः बदर हुनेछ ।